चिनका सर्बाधिक धनाड्य ज्याक मा चितवन आउने

Byरातोप्रहार संवाददाता

१३ असार २०८०, बुधबार ०३:४० १३ असार २०८०, बुधबार ०३:४० १३ असार २०८०, बुधबार ०३:४०

चितवन, असार १३–

चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक तथा धनाढ्य ज्याक मा भोलि (बिहीबार) चितवन आउने भएका छन् । ज्याक मा मंगलबार नेपाल भ्रमणमा आइपुगेका थिए ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेपछि उनी चितवन आउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीलाई भेट्न उनको टीमले समय मागिसकेको छ। नेपालमा चर्चित अनलाइन सपिङ कम्पनी दराज उनले पाँच वर्ष अघि खरिद गरेका थिए ।

ज्याक मा बिहीबार नै चितवन घुम्न आउने कार्यक्रम रहेको बताइएको छ। ज्याक मा ३ दिन नेपाल बस्दा काठमाडौंको द्वारिकाज होटलमा रहने छन्।

उनी चितवनको मेघौली रिसोर्टमा पनि जाने कार्यक्रम रहेको बताइएको छ। उनलाई मंगलबार नै नेपालका लागि चिनियाँ राजदूत छेन सोङले पनि भेट्दैछन्।

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीको ज्याक मा सँग निकट सम्बन्ध छ। तर पनि भेटघाट कार्यक्रम तय भइनसकेको चौधरी ग्रुपका अधिकारीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *