राजु भुषाल -१२, चितवन
नजिकै नारायणी नदी सुसाएसँगै बगाउँछ की भन्ने डरले रातको समयमा बाहिर आएर हेर्दैमा रात बित्छ रातभर नसुतीकिन नदिको भेल हेर्दै बसेको , धेरै पटक केटाकेटी बोकेर छिमेकीकोमा आश्रय लिएको पीडा त्यहाका जनता संग ताजै छन् । नारायणीको तटीय क्षेत्रमा बसोबास गर्ने जनता को निकै पीडादायिक जीवन जिउनुपर्ने बाध्यता छ । हरेक वर्षजसो ठाउँठाउँबाट नदी गाउँमा पसेर जनधनको ठूलो क्षति हुने गरेको छ । सायद अब नारायणी तटका जनताले यो समस्याबाट मुक्ती पाउनेछन् ।
नारायणी तटबन्ध कसैले कल्पना नै गरेका थिएनन्। वर्षेनि त्यहाँ बजेट छुटिएर त आउँथ्यो, तर त्यसले केही प्रभावकारी काम नै हुँदैनथ्यो। जति बजेट आउँथ्यो, त्यो बालुवामा पानी खन्याएको सरह मात्रै हुन्थ्यो । नारायणी तथा राप्ती नदीको कटान तथा डुबानको दीर्घकालीन समाधानका लागि रेनु दाहाल मेयर निर्वाचित भएर आएपछि उनले एउटा मोडालिटी तयार पारिन्। अहिले झण्डै ६ अर्बको हाराहारीमा नारायणी तथा राप्ती नदी नियन्त्रणको काम अगाडि बढिरहेको छ । तटबन्ध निर्माणका लागि पहिलो चरणको बोलपत्र आव्हान भइसकेको छ । यसवर्ष भने पर्याप्त बजेटको निकासासँगै पाँच प्याकेजमा विभाजन गरेर काम थालिएको छ ।
भरतपुर महानगरपालिकाको मेघा प्रोजेक्ट नारायणी नदी तटबन्धको पाँचवटा प्याकेजको कुल लागत रकम दुई अर्ब ४६ करोड रूपैयाँ रहेको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका अनुसार प्याकेज नं १, २९, ३०,३१ र ५ गरी तटबन्धको काम सुरू भएको हो ।
प्याकेज नं १ मा गोलाघाटदेखि बलुवासम्म ६.८ किमीमा तटबन्ध गरिनेछ । यो प्याकेजको २६ करोड रूपैयाँ लागतमा पशुपति श्रीगीता रोजन जेभीसँग सम्झौता भएको हो ।
प्याकेज नं २९ अन्तर्गत बलुवादेखि सिसैसम्म नदीकिनारको करिब ५ किमीमा तटबन्ध गरिनेछ । यसको सम्झौता रकम ३७ करोड रूपैयाँ रहेकोछ । सिसै नदी कटानको उच्च जोखिममा छ । स्थानीयले नदी तटबन्धको काम तत्काल सुरू गर्न
आग्रह गरेका छन् । यस प्याकेजअन्तर्गत पर्ने भगडीमा उपभोक्ता समितिले ठूला ढुङ्गा ल्याएर अस्थायी तटबन्धको काम गरेका छन् ।
प्याकेज नं ३० अन्तर्गत गाजीपुरदेखि हीरापुरसम्म करिब ५ किमीमा तटबन्ध गरिँदैछ । यस प्याकेजको सम्झौता लागत ४८ करोड ६४ लाख परूैयाँ रहेको छ भने दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने छ । यो प्याकेजको जिम्मा कुमार श्रेष्ठ÷बन्दन भगवती÷केबिसी जेभीले पाएको हो ।
प्याकेज ३१ अन्तर्गत रामघाटदेखि काभ्रेघाटसम्म करिब ५ किमीमा तटबन्ध गरिनेछ । यो प्याकेजको सम्झौता लागत एक अर्ब १५ करोड ४९ लाख रूपैयाँ रहेको छ । यस प्याकेजको काम तीन वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । यो प्याकेजको जिम्मा लुम्बिनी÷बन्दन भगवती÷केबिसी जेभी काठमाडौँले पाएको हो ।
प्याकेज नं ५ मा नारायणगढस्थित नदीकिनारलाई सी बिच मोडलमा विकास गर्ने भनिएको थियो । नारायणी पुलबाट उत्तरतर्फको नदीकिनारलाई सी बिच मोडलकाको रूपमा बिकास गरिएको छ । उक्त स्थानमा सेडसहितको तटबन्धका लागि २० करोडको ठेक्का आह्वान भएको थियो । यो प्याकेज को काम सम्पन्न भैसकेको छ ।
तटबन्धनको काम अगाडि बढे संगै नदि किनाराका जनता खुशी छन् । हिजो का दिनहरुमा झरी परेपछि आत्तिने मनहरु शान्त बनेका छन् । अब आफुहरुको जीवन साथै धनमाल बगाउला कि भनेर रातभर अनिदो बस्नु नपर्ने आशाले मुहार मा खुशी ल्याएको छ । नदि तटका जनता अब आफ्नै घरमा मस्त निदाएर सपना देख्न पाउने छन् । सपना देख्नको लागि पनि निदाउन पाउनु पर्छ । नारायणी नदिले कतिबेला लैजाने हो भन्ने डरैडरमा बाचेका नदि किनारका जनताहरु भरतपुर महानगरपालिकामा नगर प्रमुखको रूपमा रेनु दाहाल आएपछी निदाउन पाउने भएका छन् । सपना देख्न पाउने भएका छन् । मेयर आए संगै उनिहरुको सपना फेरि उम्रीएकोछ । अब उनीहरुले आफ्नो सपना सार्थक बनाउन पाउनेछन् ।
टालटुले बजेट ल्याएर नदी कटानलाई अस्थायीरुपमा नियन्त्रण गर्ने काम हुँदै आएको थियो । त्यो पर्याप्त थिएन । ‘बर्सेनि बाढीले हजारौँ हेक्टर जमिन कटान गर्ने, बस्ती डुबानमा पार्ने समस्या थियो । यसको दीर्घकालीनरुपमा समाधान गर्नका लागि हाल नेपाल सरकारका प्रधानमन्त्री अघिल्लो प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ का सांसद नेकपा (माओवादी केन्द्र) का अध्यक्ष र भरतपुर महानगरपालिककि मेयर रेनु दाहाल को अथक प्रयासपछि यो आयोजना सफलताको बाटोमा अगाडि बढिरहेकोछ ।
मेघा प्रोजक्टअन्तर्गत नारायणी नदीकिनारमा तटबन्ध, त्यसको आडमा गाडी हिँड्ने बाटो र बाटोको छेउमाबोटबिरूवा रोपिने छ । तटबन्धपछि करिब ४०० बिघा जग्गा उकासिने र हजारौँ बस्ती सुरक्षित हुने अपेक्षा गरिएको छ ।