भरतपुरमा चल्याे महानगरकाे डाेज,अवैध संरचना हटाउने कार्यलाई तीब्रता

Byरातोप्रहार संवाददाता

८ असार २०८०, शुक्रबार ०४:४७ ८ असार २०८०, शुक्रबार ०४:४७ ८ असार २०८०, शुक्रबार ०४:४७

चितवन, असार ८–

भरतपुर महानगरपालिकाले धमाधम अवैध संरचना हटाउने कार्यलाई तीब्रता दिएको छ । आज (शुक्रबार) ठोरी–माडी हुलाकी सडक अन्तर्गत हाकिमचोकमा पर्ने सडक र नहरको जग्गामा निर्माण भएको संरचना हटाईएको हो ।

महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई उच्च प्राथामिकता दिएको छ । पछिल्लो समय नारायणी नदी किनारको अवैध संरचना पनि हटाएको थियो । स्थानीय आफैले केही संरचना हटाएपछि महानगरले डोजर चलाउन परेको थिएन । महानगरले नारायणी नदी किनार क्षेत्रलाई सी बीच मोडेलमा तटबन्धनको कामलाई अगाडि बढाएको छ ।

तर ती स्थानहरुमा अवैध संरचना बनेकाले तत्काल हटाउन शुक्रबारबाट ३५ दिने सूचना जारी गरेको छ । सो अवधिमा संरचना नहटाइए महानगर आफैले हटाउने चेतावनी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *