वडा कपको उपाधि कालिका-०८ लाई

Byरातोप्रहार संवाददाता

३२ जेष्ठ २०८०, बिहीबार १४:४१ ३२ जेष्ठ २०८०, बिहीबार १४:४१ ३२ जेष्ठ २०८०, बिहीबार १४:४१

सिद्वान्त मगर ३२ जेष्ठ,२०८०

पुर्वी चितवनको कालिका नगर पालिका मानिसहरु वस्नको लागि चितवनको अन्य भु-भागको तुलनामा अत्यन्तै उत्तम मानिन्छ । चितवनको सबै भन्दा अग्लो पहाड सिराईचुलि (१९२५मि.) को फेदिमा अवस्थित कालिका नगर पालिका ले पुर्वमा खैरहनि, पश्चिम मा भरतपुर, उत्तरमा ईच्छाकामना र दक्षिणमा रत्ननगर सगँ सिमाना जोडिएको छ । ११ वटा वडा रहेको यो वडामा कालिका यूनाईटेड क्लब कालिका १ द्वारा वडा स्तरीय खुल्ला नकआउट फुटबल खेल सञ्चालन गरिरहेको थियो । आज विहिबार मात्र भएको कालिका वडा नं.८ र कालिका वडा नं. २ बिच भएको निकै नै प्रतिस्पर्धात्मक फाईनल खेलमा १/० ले पछि कालिका-०८ ले उपाधि जितेको छ ।

पहिलो हाफ ३० मिनेट र दोस्रो हाफ ३० मिनेट गरी जम्मा ६० मिनेट भएको खेलमा कालिका-०८ को तर्फ बाट पहिलो हाफको २० मिनेटमा जर्सी नम्वर ३० का दिपकर लामा ले गरेको गोल नै वडाकप जित्नको लागी काफि भयो कालिका-०८ लाई । दोस्रो हाफमा भने दुवै तर्फ बाट गोल हुन सकेन । खेलको म्यान अफ दी म्याच मा कालिका-०८ को तर्फ बाट जर्सी नम्वर ६ का सुरज गुरुङ छानिए भने खेलको रेफ्रिमा अमित घिमिरे, अजय राना र प्रविन गुरुङ थिए ।

प्रतियोगिता भरिको बेष्ट प्लेयर मा सागर तमाङ, बेष्ट डिफेन्डरमा सुनिल थापा, बेष्ट स्कोररमा दिपकर लामा र बेष्ट गोलकिपर मा रिवाज तमाङ चुनिए ।

गत २५ गते विहावार बाट सुरु भएको यस खेलको प्रथम पुरस्कार ४०,०००, दोस्रो पुरस्कार २०,०००, बेष्ट प्लेयर २,०००, बेष्ट डिफेन्डर २,०००, बेष् स्कोरर २,०००, बेष्ट गोलकिपर २,००० र म्यान अफ दि म्याच ५०० व्यावस्था गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *