संघर्षपुर्ण यात्रा पार गर्दै वडाकप को फाईनलमा कालिका-०८

Byरातोप्रहार संवाददाता

३१ जेष्ठ २०८०, बुधबार १३:५२ ३१ जेष्ठ २०८०, बुधबार १३:५२ ३१ जेष्ठ २०८०, बुधबार १३:५२

सिद्वान्त मगर ३१ जेष्ठ,२०८०

पुर्वि चितवको कालिका नगर पालिका मानिसहरु वस्नको लागि चितवनको अन्य भु-भागको तुलनामा अत्यन्तै उत्तम मानिन्छ । चितवनको सबै भन्दा अग्लो पहाड सिराईचुलि (१९२५मि.) को फेदिमा अवस्थित कालिका नगर पालिका ले पुर्वमा खैरहनि, पश्चिम मा भरतपुर, उत्तरमा ईच्छाकामना र दक्षिणमा रत्ननगर सगँ सिमाना जोडिएको छ । ११ वटा वडा रहेको यो वडामा कालिका यूनाईटेड क्लब कालिका १ द्वारा वडा स्तरीय खुल्ला नकआउट फुटबल खेल सञ्चालन गरिरहेको छ । आज बुधवार मात्र कालिका वडा नं.८ र कालिका वडा नं. १ बिच भएको निकै नै प्रतिस्पर्धात्मक खेल १/१ गोल मा समाप्त भए सँगै खेल पेनाल्टी मा गएको थियो ।

पहिलो हाफ ३० मिनेट र दोस्रो हाफ ३० मिनेट गरि जम्मा ६० मिनेट भएको खेलमा पहिलो हाफमा कालिका-०१ को तर्फ बाट जर्सी नम्वर ४ का सौजन खड्का (क्यापटेन) ले खोलको २१ मिनेटमा फ्रि-किक मा गोल गर्दै, आफ्नो टिमलाई जित तर्फ डोर्याउदै थियो, भने दोस्रो हाफको २७ मिनेटमा कालिका-०८ को तर्फ बाट जर्सी नम्वर २१ का मिलन मगर ले जर्सी नम्वर १७ का सागर परियार को अशिष्ट मा निकै नै उत्कृष्ट हेडिङ बल गोल गर्दै, खेल लाई बराबरीमा पुर्याएको थियो । खेल बराबरी मा सकिए सँगै पेनाल्टी मा गएको थियो । । कालिका-०१ का जर्सी नम्वर १४ का किर्तन तमाङ्ग को पेनाल्टी बल पोष्टमा लागेर बाहिर गए सँगै जित कालिका-०८ को पोल्टामा परेको थियो । खेलको रेफ्री मा अमित घिमिरे, अजय राना र प्रविन गुरुङ्ग थिए । खेलको म्यान अफ द म्याच मा कालिका नगर पालिका-०८ का खेलाडी जर्सी नम्वर ८ का अजय मगर (कालु) चुनिए । कालिका-०१ लाई आज उपविजेता बनाए सँगै कलिका-०८ यस प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

भोलि हुने फाईनल खेलमा कालिका-०८ ले कालिका-०२ को सामना गर्ने छन । गत २५ गते विहिवार बाट शहिद स्मृति क्यापस चौर कालिका-०४ मा सुरु भएको यस खेलमा जम्मा ९ टिम मात्र सहभागि छन । खेलको प्रथम पुरस्कर ४०,००० दोस्रो पुरसकार २०,००० र साथै बेष्ट प्लेयर २,०००, बेष्ट डिफेन्डर २,०००, बेष्ट स्कोरर २,०००, बेष्ट गोलकिपर २,०००, म्यान अफ द म्याच ५०० को व्यापस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *