चितवन – नेकपा (माओवादी केन्द्र) निकट भादृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ चितवनले प्रथम महानगर भेला सम्पन्न गरी अध्यक्षमा नवराज लामिछानेलाई सर्वसम्मत चयन गरेको छ। भेलाले नवराज लामिछानेको अध्यक्षतामा  ७५ सदस्यीय  कार्य समिती गठन गरेको छ। लामिछाने स्वतन्त्र संगठन संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन महासंघको केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ।अखिल नेपाल ट्रेड युनियन महासंघ भरतपुर महानगरको अध्यक्षताको जिम्मेवारीले भरतपुर महानगरमा कार्यरत श्रमजीवी मजदुरको समस्या र हक हितमा अतुलनीय टेवा पुग्ने आशा गरिएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *