पुजीवादी सस्कृती : प्रकाश सपुत

Byरातोप्रहार संवाददाता

२९ फाल्गुन २०७८, आईतवार ०९:०० २९ फाल्गुन २०७८, आईतवार ०९:०० २९ फाल्गुन २०७८, आईतवार ०९:००

केही दिन अघि युटुब मार्फत सार्बजनिक भएको लोकप्रिय सर्जक प्रकाश सपुतको गीति कथा “पिर” विवाद र चर्चाको बिच निकै भाइरल हुन पुगेको छ । बोल माया, हाम्रो पनि देश हैन र ? बाचेपो जिन्दगी जस्ता जनस्तरमा निकै प्रभाव पारेको गीति कथा सार्बजनिक गरिसकेका प्रकाश सपूत यसपाली भने चुकेका छन । “पिर” गीति कथा सर्बजनिक भै सके पछि उक्त गीति कथाको ९ मिनेट पछिको अशमा राखिएकी कन्टेटका कारण निकै विवाद र चर्चामा यतिबेला प्रकाश सपूत तानिएका छन । करिब १ मिनेटको क्लिपमा माओवादी आन्दोलनको समयमा जनयुद्धको कमान्डर रहेकी एक महिला लाई उनका सिपाहीले बेश्यालयमा भेट्छन यहि दृश्यका कारण सपूत यतिबेला माओवादी बृत र महिला अधिकारकर्मीको निशानामा परेका छन । प्रकाश सपुतको उक्त गीति कथा हेर्दै जादा जति मिठास छ गीति कथाको अन्तिममा राखेको कन्टेटले परिवर्तन ल्याउने भने जनयुद्धमा लागेका र राजनीतिमा महिला सहभागीताको कुरा बिषय उठान गर्दै हिड्ने हरुको मानसपटल हल्लाइदेको छ ।जनयुद्धको प्राप्ति उपलब्धि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता लाई रक्षा गर्ने सवालमा जति बर्तमान राज्य र जनयुद्धको नेतृत्व गर्ने पार्टी माओवादी लागेको छ । उत्तिकै जनयुद्ध बाट भएको क्षती ब्यबस्थापनमा चुकेको पक्ष लाई जोडदार ढंगले उठाइएको छ तथापी एक महिला कमान्डर लाई बेश्यामा लगेर जोड्नु समग्र महिला आन्दोलनको दज्जी उढाउने काम भएको छ । प्रकाश सपूत आफै एक दलित समुदायको कलाकार हुन उनै दलित हरुको न्यायको लागि लडेका माओवादी आन्दोलन र जनयुद्धका महिला कमान्डर हरुलाइ गरिएको प्रहार अशोभनीय मात्र हैन कारवाहीको दायारामा ल्याउने खालको छ । राज्यले ब्यबस्थापन गर्न नसक्दा जनयुद्धमाब लडेका सिपाही कमान्डर अहिले कष्टकर जीवन बिताएका कुरा सत्य हो । तर जति नै कष्टकर जीवन ब्यतिथ गरे पनि आफ्नो शरीर बेच्ने काम भएको भनेर कसरी देखाउन सक्छ । उनको गीति कथामा पुजीवादी झझल्को दिने गरि कयौं पटक सिमेन्टको प्रचार जबर्जस्त गरिएका छन । trending माल्याउने गरिने यस्ता प्रसुस्तुतीले नेपाली राजनीतिमा आफ्नो अधिकारका लागि लडिरहेका सम्पुर्ण महिला हरुलाइ हिनताबोध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *