चितवन : नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का जिल्ला सदस्य सहित ५१ जना नेपाल कम्यूनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहमा प्रवेश गरेका छन।
शनिबार नेविसंघका जिल्ला सदस्य तथा सहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगरको उपसभापति रोनित श्रेष्ठको नेतृत्वमा ५१ जना प्रवेश गरेका हुन् । उनिहरुलाई नेकपाका जिल्ला अध्यक्ष याम बहादुर परियारको प्रमुख आतिथ्यमा अनेरास्ववीयू चितवनले एक कार्यक्रमकाबीच स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा पार्टी जिल्ला कार्यालय सदस्य तेजेन्द्र खड्का कृष्णराज न्यौपाने, रामचन्द्र अधिकारी, पार्टी सचिवालय सदस्य च्रक रुचाल, अनेरास्ववीयुका केन्द्रिय सदस्य सरोजध्वज भण्डारी, अशोक देवकोटा लगायतको उपस्थिति रहेका थिए ।
अनेरास्ववीयु जिल्ला कार्यालय सदस्य अविनास रम्तेलको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।