उज्यालो दर्पण- चितवनको भरतपुर महानगरपालिका वडा नं. १० मालपोत कार्यालय नजिकै गत २० गते भएको सवारी दुर्घटनामा घाईते भएकी रत्ननगर १६ पिठुवा कि टिकाकुमारी न्यौपानेको आईतबार मृत्यु भएको छ ।
कार्तिक २० गते दिउँसो झन्डै ०१:३० बजेको समयमा भरतपुरको मालपोतचोक नजिकै बा.प्र.०१-०२५ च २१०५ नं.को भ्यान गाडीले बा.प्र.०६- ००२प १३११ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रत्ननगर १६ हात्तीगाडे बस्ने बर्ष ३२ की गीता दाहाल र स्कुटरमा सवार बर्ष ६० कि टिका कुमारी न्यौपाने र वर्ष-८ कि ग्रिस्मा न्यौपाने घाईते भएका थिए ।
घाईतेहरु मध्ये गीता दाहाल र ग्रिस्मा न्यौपाने अस्पतालबाट डिस्चार्ज भईसकेका छन् भने गम्भीर घाइते भएकी टिकाकुमारीको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा शनिबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।
स्कुटरलाई ठक्कर दिने गाडी र गाडी चालक उदयपुर चौदण्डि न.पा.१० घर भई हाल भरतपुर ३ बस्ने बर्ष ३२ को शुसिल खत्री प्रहरी नियन्त्रणमा छन् ।