भरतपुर २४ का युवा वडा अध्यक्ष राम गोदार को दिनचार्य जनताको काममा त थिँदै थियो तर केही दिन यता उँहाको दिन चार्य केरुङ्गा घोलको संरक्षणमा हुने गरेको छ । बिहान ७ बजे देखी नै केरुङ्गा घोलको सिमाङ्कनमा उहाँको दौडधुप हुन थालेको छ ।
भरतपुर महानगरको हरियाली पर्यटकिय नगर बनाउने योजना सँगै जोडिएर हिँउदमा पनि पानीको सिँचाइ व्यवस्था मिलाउने मेयर रेनु दाहालको अठोट लाइ पुरा गर्ने हेतुले मेयर दाहाल कै सकृयतामा केरुङ्गा घोल संरक्षण र सिमाङ्कनको काम अघि बढेको थियो । भरतपुर २४ केरुङ्गा नहरको अन्तीम गन्तव्य रहेको र २४ काे केरुङ्गा खोला एउटा पर्यटकीय संभावना र अवसर बोकेको खोला रहेको कारण पनि आफुँ प्रत्यक्ष यस खोलाकाे संरक्षण र सिमाङ्कनमा लागेको २४ का वडा अध्यक्ष रामु गोदारले बताउनु भएको छ ।
वडा अध्यक्ष गाेदार भरतपुर महानगरका कान्छा वडा अध्यक्ष समेत हुन ०७४ को चुनावमा जिनो मतले पराजित भए पनि ०७९ को चुनावमा भने भारी मतले विजय भएका वडा अध्यक्ष रामु गोदार जनताको काममा वडाको प्रतिनिधी हुँदा र नहुँदा सधैँ अविचिलत नभइ अघि बढेको बताँउछन । अहिले भरतपुर महानगर प्रमुख रेनु दाहाल ज्युको भिजनमा आँफु निरन्तर सारथी भएर अघि बढेको उनको भनाइ छ । माहानगर प्रमुख रेनु दाहालको अघिल्लो र यो कार्यकालमा भएका विकास कार्यले जनतामा ठुलो अवसर र संभावना प्रदान गरेको कारण यस भरतपुर भ्रमण वर्ष २०२४ लाइ जनताको आय स्तर बढाउने गरी जोड्न खोजेको उहाँको भनाइ छ । भरतपुर २४ आँफैमा प्रशस्त पर्यटकिय संभावना बोकेको वडा रहेको कारण पनि आँफु यस संभावना लाइ अवसरमा बदल्न लागि परेको उहाँले जानकारी गराउनु भएको छ ।
भरतपुर महानगरपालिका–११ हुँदै राप्ति नदीसम्म पुगेको केरुङ्गा घोललाई व्यवस्थित गरिने भएको छ । घोलको बीचभाग र दायाँवायाँ अतिक्रमण हुने क्रम बढेकाले घोललाई सिमाङ्कन गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाइएको हो । भरतपुर महानगरपालिका–११ मा नारायणी लिफ्ट सिँचाइबाट शुरु भएको यस घोल वडा नं १२, ९, ८, ५, १२, १३, १४, १६, २२,२३ र २४ काे सिमाना हुँदै केरुङ्गा खोला बनेर राप्ति नदीमा मिसिन्छ । भरतपुरको मुख्य क्षेत्रका ढलको पानी यसै घोलमा मिसाइने गरिन्छ ।