आज भन्दा तीन वर्ष अगाडि देखि माइतीघर म्यारिड ग्रुप संचालन भएको थियो, यश ग्रुपको योजनाकार सबिना पोखरेल (हाल जापान)हुनुहुन्छ । यस ग्रुपले मनोरञ्जन मात्रै नभइ आज सम्म धेरै जिल्लामा सेवाका कार्य गर्दै आएका छ ।

यस वर्ष माइतीघर म्यारिड ग्रुपले देशका चितवन,काठमाण्डाै,नुवाकाेट,हेटाँडा,बुटवल,उदयपुर,पाेखरा,विराटनगर,इटहरी ,दमक लगायत देशका विभिन्न ठाँउहरुमा कार्यक्रम गरी मनाएकाे छ । चितवनमा भने साहाराको घरमा रहनु भएका १६ जना नानीहरूलाई झोला वितरण गरि सहयोग कार्यक्रम गरेका छ । उक्त कार्यक्रममा चितवन जिल्लाको संयोजक रेनुका भन्डारी त्यस कार्यक्रम सभापति,प्रमुख अतिथि समाजसेवी अजिता अधिकारी, विशिष्ट अतिथि साहाराको घरको संचालक कयौं बेसाहारा नानीहरुको आमा कुसुम साहारा,अतिथिको रुपमा समाजसेवी देविका कुवर उपस्थित हुनु हुन्थ्यो । उक्त कार्यक्रममा चितवनको तर्फबाट साहाराकाे घरमा रहनु भएका १६ जना नानि हरुलाई स्कुलको ब्याग,मोजा,रुमाल वितरण गरिएकाे छ । साथै ग्रुपमा धेरै भन्दा धेरै साथीलाइ इन्भाइट गरी माईती परिवारलाई अझै ठूलो बनाउने ५ जनालाइ सम्मान कार्यक्रम गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *