नारायणी नदी हड्पनेको भत्काउन सुरु गरियो टहरा

Byरातोप्रहार संवाददाता

१८ जेष्ठ २०८०, बिहीबार ०३:५८ १८ जेष्ठ २०८०, बिहीबार ०३:५८ १८ जेष्ठ २०८०, बिहीबार ०३:५८

चितवन, जेठ १८–

भरतपुर महानगरपालिकाले नारायणी नदी किनारका अवैध संरचना भत्काउन सुरु गरेको छ । महानगरले पछिल्लो समय अवैध संरचना भत्काउन ७ दिने अल्टिमेटम दिएको थियो । अवैध संरचना आफै नहटाए महानगरले बल प्रयोग गर्ने भएपछि केहि व्यक्तिले अवैध संरचना आफै हटाउन थालेका छन् ।

अवैध संरचना हटाउन भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, विभिन्न वडाका वडाध्यक्ष लगायतको टोली नारायणी नदी किनार पुगेको थियो । महानगर प्रमुख दाहालले महानगरका २९ वटै वडाका अवैध संरचना हटाइने बताएकी छन् ।

अवैध संरचना आफै भत्काउन लागेकामा खुसी लागेको भन्दै उनले अन्य ठाउँमा पनि आफै नभत्काए बल प्रयोग गरिने बताइन् । महानगरलाई व्यवस्थित बनाउनका लागि अवैध संरचना हटाउने अभियान थालिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *