सन् १९६१ मा स्थापना भएको चितवन कै पुरानो मेघौली विमानस्थालको स्तरोन्नति हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आज मिति २०७९/१२/०६ मा मेधौली विमानस्थालको धावनमार्ग स्तरोन्नति र तारबार लगायत कार्यहरुको टेन्डर आव्हान गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको आगनमा अबस्थित यो विमानस्थल पश्चिम चितवनको एक महत्वपुर्ण पर्यटन पुर्वाघार र भरतपुरको वैकल्पिक विमानस्थल हुनेछ । यस सँगै महानगर मेयर रेनु दाहालले भरतपुर महानगर लाई दक्षिण एसिया कै नमुना शहर बनाउने महाअभियानमा नयाँ आयाम थपिएको बताउनु भएको छ

मेयर दाहाल कै सक्रियतामा गत भदौमा मेघौली विमानस्थल लाइ स्तर उन्नति गर्ने सम्बन्धमा वर्तमान प्रधानमन्त्री पुस्पकमल दाहालको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *