भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल ( क्रान्तिकारी ) को तर्फ बाट स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष उम्मेदवारमा प्रकाश देवकोटा चयन भएका छन् ।
अखिल (क्रान्तिकारी) चितवन जिल्लाको उम्मेदवार छनोट सम्बन्धी कार्यविधि अनुसार उमेर भएको खण्डमा इकाइ अध्यक्ष नै स्वत स्ववियू अध्यक्षको उम्मेदवार हुने व्यवस्था भएका कारण उनी उम्मेदवार स्वत छनोट भएका हुन । प्रकाश हाल अखिल ( क्रान्तिकारी ) सप्तगण्डकी क्याम्पस मुल इकाई समितिका संयोजकसमेत रहेका छन र उनी सप्तगण्डकी क्याम्पसमा MBS मा अध्यनरत छन ।
को हुन प्रकाश ?
प्रकाश गोर्खा जिल्ला पालुङटार -१० मिर्कोटको सामान्य घर परिवारमा जन्मिएका एक युवा हुन गोर्खाको अमर ज्योति जनता माध्यमिक विद्यालयमा +2 गरेर उच्च शिक्षा हासिल गर्नको निम्ति २०७२ सालमा चितवन झरेका थिए चितवन झरेपछी कम्युनिस्ट सिदान्तमा आस्था राखेका उनले कम्युनिस्ट कलेज भनेर चिनिने सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा भर्ना भएर आफ्नो शिक्षालाई अगाडि बढाए २०७२ सालमा सप्तगण्डकी क्याम्पसमा BBS 1st Year मा अध्यन थालेका उनी अखिल (क्रान्तिकारी) सप्तगण्डकि क्याम्पस मुल इकाई समितिको कक्षा कमिटीको कोषाध्यक्षमा चयन भएर आफ्नो राजनीतिक यात्रा सुरु गरे त्यसपछी उनले सप्तगण्डकी क्याम्पसमा विध्यार्थीको हकहितका लागि संघर्ष गर्न थाले र उनी २०७३ सालको स्व.वि.यु कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) को तर्फ बाट उम्मेदवारी दर्ता गराएका थिए तर विभिन्न कारण बस त्यो समयमा स्व.वि.यु चुनावले निरन्तरता पाउन सकेन तर प्रकाशको राजनीति यात्राले भने निरन्तरता पायो र उनि छिटै विद्यार्थि माझ लोकप्रिय पात्र हुन पुगे विस्तारै उनी अखिल (क्रान्तिकारी) सप्तगण्डकि बहुमुखी क्याम्पस मुल इकाई समितिको सह-इन्चार्ज सगै गोर्खा सप्तगण्डकी सम्पर्क मञ्चको अध्यक्ष भए । उक्त जिम्मेवारी पाए सगै आफ्नो क्याम्पसमा विद्यार्थि जीवनमा शिक्षा सग सगै अतिरिक्त क्रियाकलाप लाई समेत जोड दिनु पर्ने अवस्था देखे पछि उनले यसै समयमा सप्तगण्डकी क्याम्पसमा हुने बहुप्रशिक्षित शहिद स्मृती कप भलिबल प्रतियोगिताको तेस्रो र चौथो संस्करण भव्यताका साथ सम्मन्न गर्न सफल भए ।
त्यति मात्र होइन उनले देशको हरेक ठाउँ बाट सप्तगण्डकि क्याम्पसमा अध्यन गर्न आएका विध्यार्थी हरुको सानो देखि ठूलो समस्या लाई समाधान गर्दै उनी विध्यार्थीका लोकप्रिय विध्यार्थि नेता कहलाउदै निरन्तर BBS 3rd Year पुगे तब सम्म उनी आफ्नो सङ्गठनको इन्चार्ज बनी सकेका थिए तर पनि उनी विध्यार्थी माझ जान पछि हटेनन विस्तारै उनी 4th Year पुगे 4th Year को निरन्तर पास पछि उनी सङ्गठनको सयोजक सग सगै चितवन जिल्ला +2 सयोजक बन्न पुगे र उनले आफ्नो क्याम्पसको समस्या मात्र नभै पूरा चितवन जिल्लाका विध्यार्थीको समस्या समाधान तर्फ लागे कोभिडको समयमा चितवन जिल्लामा प्राइभेट +2 बोडिङ स्कुल हरुले विध्यार्थी सग अध्यन नगराइकन मासिक शुल्क लिन खोजे पछि उनी आफ्नो टिम सहित फिल्डमा उत्रेर सङ्गठनको तर्फ बाट जिल्ला व्यापी आन्दोलन चलाए र उनले सुरु गरेको आन्दोलनले न्याय पायो आफ्नो अध्यनलाई समेत निरन्तरता दिदै मास्टर डिग्री पुगे र हाल सङ्गठन हाकिरहेका छन र स्व बि यु निर्वाचन -२०७९ मा अखिल ( क्रान्तिकारी ) को तर्फ बाट अध्यक्ष पदको उम्मेदवार मा छन ।