आगामी चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विधार्थी यूनियन चुनाव हुनेमा अन्यौलता बढेको ।
आगामी चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विधार्थी यूनियन चुनाव हुनेमा अन्यौलता बढेको छ ।
चितवनको सबैभन्दा ठुलो क्पाम्पस विरेन्द्र लगायत बालकुमारी क्याम्पस, स्पतगण्डकी क्याम्पस, पुर्वि चितवनमा जन आर्दर्श, भुवानीशंकर, पश्चिम चितवनमा अमर जनशक्ती, उमाबढी, शहिदस्मारक जस्ता महत्वपुर्ण क्याम्पस हरुमा लगाएको तालाबन्दीको कारण चितवनमा स्ववियू चुनाव अनिश्चत र अन्यौलपुर्ण बनेको छ । ताला लगाउनमा विप्लब माओवादी निकट अखिल(क्रन्तिकारी), बहुमत नेकपा निकट अखिल(क्रान्तिकारी), नेपाल समाजवादी निकट समाजवादी विधार्थी यूनियन, ले तालावन्धी गरेका छन भने नेकपा एमाले निकट विधार्थी संगठनले पनि एउटा क्याम्पस उमाबढी आर्दश शेरचन कलेजमा ताला बन्दी गरेका छन । ११ र १२ का विधार्थी लाइ चुनावमा भोट हाल्न पाउनुपर्ने, फर्जि भर्ना रद्द गर्नुपर्ने, कतिपय क्याम्पसमा चुनावी कार्यतालिका नँया सार्वजनिक गर्नूपर्ने लगाएतका माग विधार्थी संगठन हरुको रहेको छ ।