तीन वटा मन्त्रालय र भरतपुर महानगरपालिकाको समन्वयमा नारायणी नदी किनारमा भईरहेको सौन्दर्यकरणको कामको दुई मुख्य योजना अन्तर्गत नारायणी सि बिच र आरती भवनको शिलान्यास गरिएको छ ।

बुुधबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुई आयोजनाको शिलान्यास गर्नुभयो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबाट नारायणी सि बिच, सघन सहरी विकास मन्त्रालयबाट आरती स्थल र पर्यटन मन्त्रालयबाट फुटरेलको काम भईरहेको छ ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबाट नारायणी सि बिच, सघन सहरी विकास मन्त्रालयबाट आरती स्थल र पर्यटन मन्त्रालयबाट फुटरेलको काम भईरहेको छ । नारायणी सि बिच मोडलको लागि रु १५ करोड ९२ लाख ९४ हजारमा डाईनामिक कन्ट्रसन प्रालिले २०८१ असार ५ गतेभित्र निर्माण सम्पन्न हुने गरी सम्झौता भएको छ । यस्तै आरती स्थलका लागि स्मार्ट सिटी कार्यक्रम अन्तरतग रु १ करोड ७५ लाखमा लाईटि सहित २०८१ भदौ ५ गते निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *