१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बुद्ध भुमी नेपाल नै रहेकाे जनाउ दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुर्‍याए का छन् । लुम्बिनीमा

महासचिव गुटेरेसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वुद्धको प्रतिमा उपहार दिएका छन् ।

लुम्बिनीमा आफ्नो स्वागतमा आयोजित कार्यक्रममा महासचिव गुटेरेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतले सम्बोधन गरेका थिए ।

लुम्बिनी विकास कोषका अधिकारीहरुले महासचिव गुटेरसलाई लुम्बिनीका विभिन्न स्थलको अवलोकन गराएका छन् ।

सो अवसरमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले संयुक्त रुपमा लुम्बिनीमा वृक्षरोपण पनि गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

सबै फोटाहरु : प्रधानमन्त्री प्रचण्डको सचिवालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *