भरतपुर महानगरपालिका द्वारा सुकुमवासिहरुलाई लालपुर्जा वितरण

Byरातोप्रहार संवाददाता

२१ फाल्गुन २०७९, आईतवार १२:४२ २१ फाल्गुन २०७९, आईतवार १२:४२ २१ फाल्गुन २०७९, आईतवार १२:४२

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आईतबार छुटपुट ५ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण–पत्र वितरण गर्नुभएको छ । जग्गाधनी प्रमाणपत्र पाउनेहरु राष्टिय भूमि आयोग चितवनले भरतपुर–२ आँपटारीमा १ सय ३३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरणका क्रममा छुटेको थियो । राष्टिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमलसिनाले श्रीमान वैदेशिक रोजगारीकामा बाहिरा भएकाले लालपुर्जा प्राप्तीको प्रकृया पुगेको थिएन ।

प्रकृया पुरा भएसँगै अहिले थप ५ जनालाई जग्गाधनी प्रमाणपत्र दिईएको बताउनुभयो ।

महानगरपालिकाले आँपटारीबाट भूमिहिन दलितलाई जग्गाधनी प्रमाणपत्र दिएर यो कार्यको थालनी गरेको थियो ।

लालपूर्जा वितरण कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले भूमिहिनलाई भूमिपति बनाउने अभियान जारी राखिएको बताउनुभयो ।

सबै प्रकृया मिलााएर केही समयपछि लालपुर्जा वितरण गर्ने गरी राष्टिय भूमि आयोग चितवनले काम अगाडि बढाई रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *