त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयबाट स्नातक तह प्रथम वर्षको परीक्षा तालिकामा फेरबदल गरेर पुनः तेस्रोपटक प्रकाशित गरेको हुँदा भोलिदेखि हुने परीक्षाका विषयहरु एकिन गरी विद्यार्थीहरु परीक्षामा सहभागी हुन जान सूचित गरिन्छ । परीक्षा तालिकाको फेरबदलका कारण परीक्षा छुट हुन गएमा स्वयं परीक्षार्थी जिम्मेवार हुने प.नि.का.ले जनाएको छ । साथै परिक्षा फारम छुट हुन गएका विधार्थीकाे पारम १६ गते सम्म बुझाउन सकिने छ ।