१५ माघ सोमबार २०८०,चितवन
२०५२ साल फागुन १ गते बाट तत्कालीन ने.क.पा. (माओवादी केन्द्र) ले संचालन गरेको जनयुद्वमा सहभागि भई पार्टी संगठन ले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा सरकारी सुरक्षाकर्मी शाही सेना ले गिरफ्तार गरी हत्या गरेको महान सहिद हिरा देवि थापा मगर (क.निमा) को बारेमा केही हरफहरु लेखीरहेको छु ।
चितवन जिल्ला कालिका नगर पालिका वडा नम्वर ८ (साविक शक्तिखोर गा.बि.स. वडा नम्वर ८) देविटार मा वुवा तिलक बहादुर मगर र आमा प्रेम कुमारी मगर को कोखबाट २०४० साउन १ गते उहाँ को जन्म भएको थियो। शक्तिखोर बजार मा रहेको चतुर्मुखी मा वि मा अध्ययन गर्दै गर्दा जनयुद्वको प्रभावले २०५८ सालमा भुमिगत हुनु भई हिरा देवि थापा मगर क.निमा बन्नु भयो ।
सरकार र माओवादी बिच को पहिलो शान्तिवार्ता असफल भए पछिको गण्डक क्षेत्रको जनमुक्ति सेना ले स्याङजा जिल्लाको सदरमुकाम पुतली बजार माथिको फौजी हमला क.निमा को पहिलो फौजी आक्रमण थियो । स्याङजा आक्रमण पछि सरकार ले गरेको संकटकाल घोषणा बिचमा गोरखा वारपाक प्रहरी चौकी आक्रमण आक्रमण मा सहभागी हुनु भएको थियो । २०५९ बैशाखमा पृथ्बी राजमार्ग अन्तर्गत मोवा खोलामा शसस्त्र प्रहरी सगँ भएको दोहोरो भिडन्तमा, हुग्दी खोलामा शाही सेना सगँ भएको दोहोरो भिडन्त,रोल्पा थवाङ नजिक २०५९ भाद्रमा तत्कालीन शाही नेपाल सेना सगँ को दोहोरो भिडन्तमा उहाँ तिघ्रा मा गोली लागी घाईते हुनु भएको थियो, गोर्खा ताकुकोट प्रहरी चौकी आक्रमणमा निमा, स्याङा चित्रे भञ्याङमा शसस्त्र प्रहरी सगँ भएको आकस्मिक भिडन्त र म्याग्दी जिल्लाको सदरमुकाम बेनी मोर्चा क.निमा को अन्तिम फौजी लडाई थियो ।
गोर्खाका बाबुराम कुमाल (क.ठाकुर) सगँ बिबाह गर्नु भएकी क.निमा का श्रीमान २०६० सालमा कास्की पोखरा जनमुक्ती सेना अन्तर्गत शहरी गुरिल्ला अर्वान टिमको प्लाटुन कमाण्डरको भुमिकामा जिम्मेवारी बहन गर्दै गर्दा पोखरा फुलबारी व्यारेक बाट गएका शाहि सेना बाट गिरफ्तार हुनु भएको ठाकुर अहिल सम्म बेपत्ता को अवस्थामा हुनुहुन्छ ।
जनमुक्ती सेना नेपाल तेस्रो डिभिजन १० नं. बटालीनमा प्लाटुन कमाण्डरको जिम्मेवारी मा काम गर्दै आउनु भएकी क.निमा ईन्टेलिजेन्स रहेर भोटेओडार तथा बेसिसहर बाट गस्तीमा आएका शाहि सेनाहरुको गतिबिधि बुझ्न गौडा गा.बि.स. को बेतिनी भन्ने स्थानतिर जानु भएको समयमा मिति २०६१ साल कार्तिक ३१ गते गस्तीमा आएको शाहि सेनाले गिरफ्तार गरि हत्या गरेको थियो ।