राजु भुषाल। चितवन
रेनु दाहाल जब मेयर बनेर भरतपुर महानगरपालिका मा आइन्, त्यसपछि चितवनमा पूर्वाधार विकासको जगको रेखा कोरिएको हो । जनताले बाटोघाटोको (सडक) पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका थिए । मेयर निर्वाचित भएर आएपछि रेनुले त्यहीबाट आफ्नो कामको शुरुवात गरिन् । योजनाको अनुगमन गर्ने र नयाँ योजना निर्माण गर्दै बजेटको लागी ताकेता गर्ने काम उनको दिनचर्या नै बन्यो । अबकाे ५ बर्ष पछी भरतपुर बिल्कुल नँया स्वरुपमा परिवर्तन हुनेछ ।
केन्द्रिय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ किमि महानगरीय रिङरोड रु. ८ अर्ब २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन नै रेनुले तयार पारिन् । त्यसपछि उनले सघन शहरी विकासबाट १० किमि, प्रदेश सरकारबाट ८.५५ किमि, सडक विभागबाट १२ किमि र महानगरबाट १० किमि गरी जम्मा ४०.५५ किमि रिङरोडको काम अगाडि बढाइन् । बाँकी ४८.०६५ किमि निर्माणको काम अहिले अगाडि बढिरहेको छ ।
पुल्चोकदेखि गोन्द्राङसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि उनले रु. १ अर्ब ९८ करोड ७३ लाखको लागतमा काम अगाडि बढाइन् । साथै उनले बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढाइन् । त्यस्तै, हुलाकी सडकको १९ किमि विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाटको सहायक राजमार्ग खण्डको ८ किमि सडकको काम पनि सँगसँगै अगाडि बढाइन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरू गर्न र यसमार्फत् पर्यटकीय आर्थिक गतिविधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्य अनुरुप महानगरपालिकाको पहल एवं शहरी विकास मन्त्रालयबाट रु. १ अर्ब ८५ करोडको लागतमा सिटी हल निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ।
भरतपुर महानगर भित्रका २३किमि मुख्य सडकहरुमा एक अर्व बीस करोडको लागतमा तारहरु लाई भुमिगतिकरण गर्ने योजना , नारायणी नदि मा सिक्नेचर पुल , नारायणी नदि किनारलाई सि विच मोड्ल मा रुपान्तरण जस्ता अरबौ का आयोजना हरु निरन्तर चलीरहेका छन् ।
भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु गरिएको छ। भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धनआयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो।उक्त अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक
क्षेत्रमा एक हजार ९३३ बत्ती जडान गरिने छ भने दोस्रो चरणको लागि १५० किलोमिटर सडक बत्ती जडानको लागि ठेक्का प्रक्रिया शुरु भएको छ ।
भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ। चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि रु पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो।
सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउन लागिएको छ। यसको तयारीका लागि सबै वडामा वृक्षरोपण गरेर हरियाली महानगर बनाइँदै छ। हरेक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान बृहत् सरसफाइसँगै वृक्षरोपण गर्न थालिएको छ। यसका अतिरिक्त वडा र टोलमा पनि वृक्षरोपण भइरहेको छ। वडा तहले १६ मिटरभन्दा साँघुरा सडकमा वृक्षरोपण गर्ने, सरसफाइ गर्ने छन्। सोभन्दा फराकिला सडकमा महानगरले वृक्षरोपण र सरसफाइ गर्ने गरी अभियान सञ्चालनमा ल्याइएको हो। हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न जातका बोटबिरुवा रोपिने छन्। यसको संरक्षण स्थानीय र महानगरले गर्नेछ।
भरतपुर महानगरपालिकाले जिटुजी लिज प्रक्रियाबाट दियाला बङ्गलालाई लिएर पुनःनिर्माण, सञ्चालन तथा संरक्षण गर्ने लक्ष्य लिएको छ । दरबार अहिले जीर्ण बनेकाले यसको पुनःनिर्माण र सौन्दर्यीकरण गरी सर्वसाधारणलाई टिकटको व्यवस्था गरी घुम्ने पर्यटकीयस्थलको रुपमा विकास गर्ने महानगरपालिकाले प्रक्रिया अघि बढाएको छ ।
भरतपुरमा निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रंगशालाको बाँकी काम बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा निर्माण हुने भएको छ। बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौँडामा बसेको बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीचको बैठकले उक्त रंगशाला निर्माणका लागि संयुक्त लगानी गर्ने सहमति भएको हो।
उल्लेखित विकास निर्माणका आयोजनाहरु बाहेक भरतपुर महानगरपालिका भित्र अन्य थुप्रै आयोजनाहरु सम्पन्न हुने र शुरुवात हुने प्रक्रियामा छन् । प्राविधिक समस्याका कारण केहि योजनाहरु निर्माण सम्पन्न हुन समय लागेता पनि सबै आयोजनाहरु पुरा हुदै गर्दा भरतपुर महानगरपालिका को मुहार पुर्णरुपमा फेरिनेछ। अबको केहि वर्ष भित्र अर्थात् मेयर रेनु दाहालको दोस्रो कार्यकाल सम्पन्न हुने बेला सम्म भरतपुर महानगरलाई उज्यालो शहरको रुपमा, हरियाली शहरको रुपमा, खेलकुदको शहर, स्वास्थ्यको शहर, शैक्षिककेन्द्रको शहर , कृषिको शहर, पर्यटनको शहर हुदै सफा र सुन्दर शहरको रुपमा दक्षिण एसियाकै एउटा नमुना बहुआयामिक शहरको रुपमा पाउने छौँ।
लोकप्रिय तथा विकासप्रेमी मेयर रेनु दाहालको भरततपुर महानगरपालिका लाई दक्षिण एसियाकै उत्कृष्ट शहर निर्माण गर्ने यो अभियानमा सबैले हातेमालो गरौं।